अगस्त २ भित्रै नयाँ पुल संचालन गर्ने डिएमको आश्वासन
काठमाडौं । अररीया (विहार)की डिष्ट्रिक्ट मजिस्टे«ट (डि.एम.) श्रीमती इनायत खानज्यूले मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजाललाई टेलिफोन मार्फत कुराकानी गर्दै बथनाहा–जोगबनी सडक खण्डमा मीरगञ्ज पुल छेउ निर्मित नयाँ आरसीसी पुललाई आगामी अगस्त २ तारिक भित्र संचालनमा ल्याउने आश्वासन दिएका छन् ।
साथै, जिर्णोद्वार गरिएको मीरगञ्ज पुलमा हाल कायम गरिएको ८ टन मात्रको न्यून भार क्षमता बारे डि.एम. खानले आफुले प्राविधिक जानकारी लिई रहेको बताउनु भएकोमा संघका अध्यक्ष रिजालले तत्कालका लागि प्रहरी प्रशासनकै निगरानीमा भएपनि सो पुलबाट खाली गाडीहरु भारत फिर्ता जान दिने व्यवस्था मिलाउन आग्रह गरेका हुन ।












