बैंकहरुको निक्षेप बढ्दा कर्जा १४ अर्ब रुपैयाँले घट्यो, सीडी रेसियो कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बैंकहरुको निक्षेप बढ्दा कर्जा १४ अर्ब रुपैयाँले घट्यो, सीडी रेसियो कति ?



काठमाडौं । असार महिनाको चार हप्ताको अवधिमा वाणिज्य बैंकहरुमा १ खर्ब निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार असारको ३ गतेसम्म कुल ४३ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । असार २४ गतेसम्म आउँदा ४४ खर्ब ९४ अर्ब पुगेको छ ।

यस अवधिमा वाणिज्य बैंकहरुमा एक खर्ब निक्षेप थपिएको हो । त्यस्तै असार ३ गतेदेखि १० गतेसम्म चार अर्ब निक्षेप थपिएको थियो । साथै असार १० गतेदेखि १७ गतेसम्म ३४ अर्ब रुपैयाँ र १७ गतेदेखि २४ गतेसम्मको अवधिमा ६२ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुमा निक्षेप आएको हो ।

असार ३ गतेदेखि २४ गतेसम्मको १४ अर्ब रुपैयाँले कर्जा प्रवाह घटेको छ । असार ३ गतेसम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा २४ गतेसम्म ४१ खर्ब ७४ अर्बमा झरेको छ ।

वाणिज्य बैंकहरुको औसत सीडी रेसियो पनि घटेर ८८.५७ प्रतिशतमा झरेको छ।


प्रतिक्रिया दिनुहोस्