हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्टको हकप्रद शेयर बाँडफाँट - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्टको हकप्रद शेयर बाँडफाँट



काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै असार २४ गते संस्थापक समूहतर्फको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको हो ।

बाँडफाँटमा नपरेको शेयर बापतको रकम आवेदन फारममा उल्लेख गरेको खाता नम्बरमा साउन १ गतेदेखि जम्मा गरिने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको हो । कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख कित्ता अवितरित हकप्रद शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा विक्री खुला गरेको थियो ।

उक्त शेयरको कटअफ मूल्य १०० रुपैयाँ रहेको थियो


प्रतिक्रिया दिनुहोस्