अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर जारी गर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर जारी गर्ने



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको बिहीवार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले उक्त हकप्रद शेयर निष्काशनको प्रस्ताव आगामी १४औं वार्षिक साधारण सभामा पेश गर्ने निर्णयसमेत गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड छ । कम्पनीले सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर जारीपश्चात कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड पुग्नेछ ।

गत चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार यो कम्पनी १ अर्ब ६५ करोडभन्दा बढी नोक्सानीमा छ ।


प्रतिक्रिया दिनुहोस्