शुक्रबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा सुधार देखिएको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.९३ अकंले बढेर २००९.४६ बिन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४० लाख ५१ हजार ७७१ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार देखिदा १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रुपैयाँको कारोबार भएको हो ।
नेप्सेमा सुधार देखिदा ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर, माछापुछे« बैंक डिबेञ्चर, सानिमा बैंक डिबेञ्चर, नबिल ब्यालेचडको ९.९१ प्रतिशत, एनआइसी एशिया डिबेञ्चर, कृषि बैंक डिबेञ्चर र आरबिबि म्युचुअल फण्ड १ को शेयरमा सर्किट लागेको हो ।

शुक्रबार सर्वाधिक गुमाउने कम्पनीमा ग्रीनलाइफ हाइड्रोपावर रहेको छ । कम्पनीको शेयर ५.३१ प्रतिशतले घटेको हो । साथै, माउन्टेन हाइड्रो नेपालको ४.७६ प्रतिशत, रिभर फल्स पावरको ४.७२ प्रतिशत, बोट्लस् नेपालको ३.९२ प्रतिशत र यूनाइटेड मादी हाइड्रोपावरको ३.६४ प्रतिशतले शेयर घटेको हो ।














