गत आवमा एनआईसी एसिया बैंकले कमायो ४ अर्व ५३ करोड, इपिएस पनि बढ्यो
काठमाडौं । एनआईसी एसिया बैंकले गत आवमा ४ अर्व ५३ करोड मुनाफा आर्जन गरेको छ । बैंकले बिहीबार प्रकाशित गरेको वित्तिय विवरण अनुसार बैंकले गत आव २०७८÷७९ मा ४ अर्व ५३ करोड कमाएको हो ।
बैंकले यस अघि भन्दा गत आवमा ३९ प्रतिसतले आफ्नो नाफा बढाएको हो । बैंककले प्रति शेयर आम्दानी ३९ दशमलव १३ रुपैयाँ रहेको छ । बैंकले निष्कृय कर्जा पनि घटाएर ०.४९ प्रतिशतमा ल्याएको छ । क्यापिटल एडिक्वेसी रेसियो ८.९३ प्रतिशत रहेको छ ।
देशभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।













