१६ श्रावण २०८३, शनिबार

आदर्श लघुवित्तको आईपीओ आज देखी कारोबार खुल्यो, कतिमा भयो पहिलो कारोबार ?



काठमाडौ । गत सोमबार नेप्सेमा सूचीकृत भएको आर्दश लघुवित्त वित्तीय संस्थाको साधारण शेयर आईपीओ आज देखी कारोबारमा आएको छ । लगातार ३ दिनदेखि प्रि–ओपन सेसनमा नेप्सेले तोकेको रेन्जमा किनबेच नहुँदा नियमित समयका लागि कारोबारमा आउन सकिरहेको थिएन । तर, आज बाट शेयर कारोबार खुलेको छ ।

लघुवित्तलाई नेप्सेले ‘एडीएलबी’ कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि न्यूनतम १२२.८८ रुपैयाँदेखि अधिकतममा ३६८.६४ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको थियो । योसँगै यस दिन स्पेसल प्रि–ओपन सेसनमो यो लघुवित्तको शेयर प्रतिकित्ता २५६.८० रुपैयाँमा किनबेच भएको छ । यो नेप्सेले तोकेको रेञ्ज भित्र पर्दछ । योसँगै अब यो लघुवित्तको शेयर नियमित समयका लागि खुल्नेछ ।

नेप्सेमा यस लघुवित्तको कुल २ लाख ७ हजार कित्ता शेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको १ लाख ४० हजार कित्ता र सर्वसाधारणको ६७ हजार कित्ता रहेको छ । गत असार १ गतेदेखि असार ५ गतेसम्म आईपीओ बिक्री गरेको यस लघुवित्तको आईपीओ असार १३ गते बाँडफाँट भएको थियो ।