मौद्रिक नीति जुममार्फत सार्वजनिक हुने, कोरोनाको कारण ग्यादरिङ गर्न सकिएन: सह प्रवक्ता पोखरेल
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले कोरोनाको कारण देखाउँदै आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति जुम मार्फत सार्वजनिक गर्ने जनाएको छ ।
कोरोना फैलिएकाले जुमबाटै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको राष्ट्र बैङ्कको प्रमुख सूचना अधिकारी तथा सह प्रवक्ता नारायण प्रसाद पोखरेलले जानकारी दिए ।
कोरोनाको महामारी फैलिएको भन्दै राष्ट्र बैङ्कले जुमबाटै भर्चुअलको माध्यमाबाट मौद्रिक नीति सार्वजनिकको तयारी गरेको हो । सरकारी संचार माध्यामबाट प्रत्यक्ष प्रसारण हुने पोखरेलले बताए ।
पछिल्लो समय गभर्नरमाथि धेरै प्रहार भएकाले पत्रकारहरूलाई सहभागी नगराई कार्यक्रम आयोजना गर्न लागिएको हो । गभर्नरमाथि पत्रकारले प्रतिप्रश्न गर्ने डरले राष्ट्र बैङ्कले कोरोनाको बहाना बनाएर भर्चुअल रूपमा जानकारी दिन लागेको हो ।
नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष ०७९/०८० को लागी मौद्रिक नीति सार्वजनिक गर्ने लागेको हो ।













