सेयर कर्जामा हेरफेरले लगानीकर्ता उत्साही, झन्झट हट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा हेरफेर गरेको छ । यसले लगानीकर्ताहरु उत्साही भएका छन् । सेयर धितो कर्जामा ४ को व्यवस्था हटाएर १२ मात्रै कायम गरेपछि लगानीकर्ताहरु उत्साही भएका हुन् ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताएका छन् । यसले १२ करोड कर्जाको लागी ३ ओटा बैंकमा धाउनुपर्ने कागज मिलाउनुपर्ने झन्झट हटेको सेयर लगानीकर्ता ईश्वरी रिमालले बताए ।
सेयर धितो राखी एउटा बैंकबाट अधिकतम १२ करोड वा समग्र संस्थाबाट लिन पाइने व्यवस्था गरेको छ । यसअघि एउटा वा समग्र संस्थाबाट ४ देखी १२ करोडसम्म लिन पाइने व्यवस्था थियो ।













