अप्पर तामाकोशीले डाक्यो साधारणसभा, लगानीकर्तालाई छैन लाभांश
काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १४ औँ साधारणसभा बोलाएको छ ।
१४ औ बार्षिक साधारणसभा भदौ ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ । कम्पनीको असार ३० गते बसेको सञ्चालक समिती बैठकको सो निर्णय गरेको हो ।
सभामा अध्यक्षको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने भएका छन् ।
सभाले कम्पनीको पूँजी सम्बन्धी बिषेश प्रस्तावलाई समेत अनुमोदन समेत गर्नेछ । सभाले समूह ख सर्वसाधारण समूहबाट एक महिला सहित ४ जना सञ्चालकहरुको चयन समेत हुनेछ । कम्पनीले लाभांश घोषणा गरेको छैन ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार साउन १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।













