माछापुच्छ्रे बैंकको खुद नाफा २ अर्ब माथि लम्कियो
काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ३४.४३ प्रतिशतले बढेर २ अर्ब १६ करोड ९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसैअवधिमा बैंकले १ अर्ब ६० करोड ७४ लाख ७३ हजार रुपैयाँमात्र खुद नाफा कमाएको थियो ।
चौथो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा भने १७.२७ प्रतिशतले घटेर १ अर्ब ३२ करोड ८४ लाख ५ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य मुनाफा १ अर्ब १३ करोड २७ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी १६.६७ प्रतिशतले बढेर ५ अर्ब ७ करोड ६९ लाख ६९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस बैंकले ४ अर्ब ३५ करोड १४ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा २६. ७५ प्रतिशतले बढेर ३ अर्ब १३ करोड ४० हजार रुपैयाँ, चुक्तापूँजी १३.३० प्रतिशतले १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ, जगेडा कोष ३२.५३ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड ४६ लाख ४९ हजार रुपैयाँ, निक्षेप संकलन १०.१९ प्रतिशतले बढेर १ खर्ब ४५ अर्ब २ करोड ६० लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७ पैसा रहेको छ ।













