सानिमा बैंक खुद नाफा घट्यो, प्रतिशेयर आम्दानी समेत ओरालो
काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणमा खुद नाफा ओरालो लागेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा १.०७ प्रतिशतले घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा सानिमाले २ अर्ब ३१ करोड ७८ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य नाफा पनि १३.०१ प्रतिशतले घटेर १ अर्ब ४६ करोड ९९ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य मुनाफा १ अर्ब ६८ करोड ९८ लाख १६ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा १.७६ प्रतिशतले घटेर ३ अर्ब २५ करोड २५ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ३ अर्ब ३१ करोड ९ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको थियो ।
असार मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी ५.३५ प्रतिशतले बढेर ४ अर्ब ७६ करोड ७१ लाख ९५ हजार रुपैयाँ, चुक्तापूँजी १७ प्रतिशतले बढेर ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार रुपैयाँ, जगेडा कोष २२.९२ प्रतिशतले बढेर ४ अर्ब ३० करोड ८१ लाख १० हजार रुपैयाँ, निक्षेप संकलन २२.६५ प्रतिशतले बढेर १ खर्ब ५७ अर्ब ५१ करोड ८५ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ १ पैसा रहेको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ क्रमश २३ रुपैयाँ ५१ पैसा र १५३ रुपैयाँ ६० पैसा रहेको थियो ।













