नेपाल राष्ट्र बैंकले गर्यो घर जग्गा धितोमा कडाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा धितोमा कडाई गरेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै केन्द्रिय बैंकले कर्जा प्रवाह गर्दा धितोको सुरक्षा अनुपातलाई थप कसिलो बनाएको छ ।
काठमाडौं उपत्यका भित्र कर्जा, धितो कर्जा, सम्पत्ती कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको अनुपात ३० प्रतिशत र उपत्यकाबाहिरको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिएको घोषित गरेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
यसअघि काठमाडौंमा ५० र उपत्यकाबाहिर यस्तो अनुपात ६० थियो ।













