एनसीसी बैंकको खुद नाफामा ५१.९८ प्रतिशतले वृद्धि, अन्य सूचकमा समेत आकर्षक सुधार - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एनसीसी बैंकको खुद नाफामा ५१.९८ प्रतिशतले वृद्धि, अन्य सूचकमा समेत आकर्षक सुधार



काठमाडौं । एनसीसी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा आकर्षक सुधार देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा ५१.९८ प्रतिशतले बढेर २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा १ अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आउदाँ खुद नाफामा समेत उचालिएको देखिएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब १४ करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिका उक्त नाफा ३१.९३ प्रतिशतले बढेर ४ अर्ब १५ करोड ५६ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको हो ।

यस अवधिमा बैंकको संचालन नाफा ५१.९८ प्रतिशतले बढेर २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने उक्त नाफा १ अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँमा सिमित रहेको थियो ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी ८ प्रतिशतले बढेर ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ, जगेडा कोष ११.२३ प्रतिशतले बढेर ३ अर्ब ८४ करोड ९६ लाख २२ हजार रुपैयाँ, रिटेन्ड अर्निग ६९.६८ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ४२ लाख ८७ हजार रुपैयाँ, कर्जा प्रवाह २६ .१६ प्रतिशतले बढेर १ खर्ब २४ अर्ब ५७ करोड ६० लाख १४ हजार रुपैयाँ आर्जन गरेको छ ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८३ पैसाले बढेर १८ रुपैयाँ १५ पैसा पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३२ पैसा थियो । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्