१६ श्रावण २०८३, शनिबार

नेप्सेमा साढे १३ लाख कित्ता बोनस सूचीकृत



काठमाडौं । नेपाल इन्स्योरेन्सको बोनस शेयर आज (सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ बाट सेयरधनीलाई वितरण गरेको चुक्ता पुँजीको ११ प्रतिशतले हुन आउने शेयर आज सूचीकरण गरेको हो ।

इन्स्योरेन्सको १३ लाख ६६ हजार ५७२ दशमलव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको छ । गत जेठ ३० गते सम्पन्न ७३ औं वार्षिक साधारण सभाले कम्पनीको बोनस पारित गरेको थियो । तसर्थ उक्त बोनस बुकक्लोज भएको अघिल्लो दिन अर्थात जेठ–१६ गते सोमबारसम्म कायम शेयर धनीले मात्र पाउनेछन् ।

साथै, सूचिकृत बोनस शेयरधनीले डिम्याट खातामा प्राप्त भएपश्चात दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।