१५ प्रतिशत नाफा बढाउँदै इन्भेस्टमेन्ट बैङ्कले कमायो ४ अर्ब ८ करोड, ११ प्रतिसतभन्दा धेरै लाभांश दिन सक्ने
काठमाडौं । मेगा बैङ्क नेपालसँग मर्जरको लागी एमओयू गरेको नेपाल इन्भेस्टमेन्ट बैङ्कले आज गत आवको चौथो त्रैमासिक विवरण प्रकाशित गरेको छ । बैङ्कले गत वर्षको तुलनामा करिब १५ प्रतिसतले नाफा बढाउन सफल भएको हो ।
बैङ्कले गत आवमा ४ अर्ब ८ करोड खुद नाफा कमाउन सफल भएको छ । यो नाफा गत चैत्र महिनाको भन्दा करिब १५ प्रतिसतले बढी हो । बैङ्कले गत चैतमा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैङ्कको वितरणयोग्य नाफा २ अर्ब ३ करोड रहेको छ । यसरी हेर्दा बैङ्कले यस आवमा ११ प्रतिसतभन्दा बढी लाभांश क्षमता रहेको छ ।
बैङ्कले प्रकाशित वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी ६.३७ प्रतिशत र फी तथा कमिसन आम्दानी १३.३० प्रतिशत बढाएको छ । पुराना कर्जा उठ्न नसक्दा बैङ्कले एक अर्ब ६२ करोड प्रोभिजन गरेको छ । बैङ्कको सञ्चालन मुनाफा भने ३१.४१ प्रतिशत बढेर ६ अर्ब ७२ करोडभन्दा धेरै छ । कर्मचारी खर्च पनि १३ प्रतिशत बढेकोले खुद नाफा कम देखिएको हो ।
बैङ्कले गत आवमा ५.८६ प्रतिशत निक्षेप बढाएर ०.४२ प्रतिशत कर्जा थप गरेको छ । बैङ्कको निक्षेप एक खर्ब ८४ अर्ब ७९ करोड र कर्जा एक खर्ब ५७ अर्ब ४६ करोड पु¥याएको छ । बैङ्कले प्रतिसेयर आम्दानी ०.३२ रुपैयाँले बढाएर २२.३२ रुपैयाँ पु¥याएको छ ।













