स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफाम ६२ प्रतिशतले वृद्धि, संचालन नाफा र खुद नाफामा समेत छलाङ - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफाम ६२ प्रतिशतले वृद्धि, संचालन नाफा र खुद नाफामा समेत छलाङ



काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणमा खुद नाफामा आकर्षक सुधार देखिएको छ ।

गत आर्थिक वर्षको अन्तिम त्रैमासमा बैंकको खुद नाफा ६२.२७ प्रतिशतले बढेर २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा १ अर्ब ३९ करोड ८८ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा छलाङ आउदा खुद नाफामा सुधार आएको देखिएको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.८६ प्रतिशतले बढरे ३ अर्ब ७५ करोड ७३ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५९ करोड ३७ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको थियो ।

अघिल्लो आर्थिम वर्षको चोथो त्रैमाससम्ममा २ अर्ब १ करोड २५ लाख ८९ हजार रुपैयाँ संचालन नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको संचालन नाफा ६१.५४ प्रतिशतले बढेर ३ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ । वितरणयोग्य नाफा पनि बढेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १० प्रतिशतले बढेर ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ, जगेडा कोष १.८६ प्रतिशतले घटेर ५ अर्ब ७६ करोड ३७ लाख १ हजार रुपैयाँ, निक्षेप संकलन ७.०३ प्रतिशतले बढेर ९३ अर्ब ७२ करोड १९ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी ७ रुपैयाँ २५ पैसाले बढेर २४ रुपैयाँ ७ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २.७३ प्रतिशतले बढेर १९२ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्