लक्ष्मी बैंक कोष प्रवर्द्धक भएको खुलामुखी शुभलक्ष्मी कोषको इकाइ साउन १९ गतेदेखि बिक्री खुला हुदैं
काठमाडौं । कोष प्रवर्द्धक लक्ष्मी बैंक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तरर्गतका खुलामुखी लक्ष्मी शुभलक्ष्मी कोष इकाइ १९ साउन देखि बिक्री खुला हुने भएको छ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापकमा रहेको ५० करोड रुपैयाँ बराबरको कोषको नाम शुभलक्ष्मी कोष रहने जनाएको छ ।
म्युचअल फण्ड प्रति इकाइ मूल्य १० रुपैयाँका दरले ५ करोड इकाइ निष्कासन गर्ने तयारी गरेको छ । जसमध्ये कुल बिक्री भएको इकाइको न्यूनतम १५ प्रतिशत बिज पूँजीबापत इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित राखिएको छ । बाँकी ४ करोड २५ लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणलाई १ करोड ७५ लाख इकाई सार्वजनिक निष्कासन गर्न लागीएको छ ।
उक्त सार्वजनिक निष्कासनमा छिटोमा साउन २३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि भदौ २ गतेसम्म थप गरीनेछ । लगानीकर्ताले न्युनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईका लागि खुलामुखी योजना भएकोले यसको कुनै निश्चित अवधि हुँदैन । साथै यो नेप्सेमा सूचीकृत पनि हुँदैन ।
योजना व्यवस्थापकलाई आफूले चाहेको जुनसुकै बेलामा इकाई बिक्री गर्न सकिनेछ । यसअघि ४ वटा यस्ता योजना बजारमा आइसकेका छन् । सिद्धार्थ क्यापिटल, एनआईबीएल एस क्यापिटल, एनआईसी एसिया क्यापिटल र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको खुलामुखी म्युचुअल फण्ड सञ्चालनमा रहेका छन् ।
















