७ श्रावण २०८३, बिहिबार

नेपाली व्यवस्थापन आएसँगै एभरेस्ट बैङ्कको लोभलाग्दो प्रगति, कमायो २ अर्ब ५४ करोड खुद नाफा 



काठमाडौं । नेपाली व्यवस्थापनले चलाएको एभरेस्ट बैङ्कले लोभलाग्दो प्रगति गरेको छ । भारतीय पन्जाब नेशनल बैङ्कको २० प्रतिशत लगानी रहेको एभरेस्ट बैङ्कमा यसअघि विदेशी सीईओले बैङ्क हाँक्दै आएका थिए । खालिङले गत चैत्र महिनाको अन्त्यमा एभरेस्ट बैङ्कको नेतृत्व सम्हालेका थिए । 

विगत २५ वर्ष देखी विदेशी सीईओले नेतृत्व दिँदै आएको एभरेस्ट बैङ्कमा नेपाली व्यवस्थापन आउने वित्तकै लोभलाग्दो प्रगति गरेको छ । बजारमा देखिएका चुनौतीका विच बैङ्कले गत आवमा २ अर्ब ५४ करोड खुद नाफा कमाएको हो । जुन गत अघिल्लो आवको तुलनामा ४४ प्रतिसतको ग्रोथ हो । 

अघिल्लो आवको तुलनामा बैङ्कले १ अर्ब ७७ करोड नाफा बढाउन सफल भएको छ । जुन ४३.७७ प्रतिशत ग्रोथ हो । सञ्चालन मुनाफा बढेसंगै बैङ्कले नाफा बढाउन सफल भएको हो । लामो समय स्टाडर्ड चाटर्ड बैङ्कमा काम गरेका सीईओ खालिङको  नयाँ शैलीले नै बैङ्कले उल्लेख्य प्रगति गरेको हो ।
 
बैङ्कले गत आवमा ३७ प्रतिशतले खुद व्याज आम्दानी बढाएको छ भने  ३४ प्रतिशत खुद फी तथा कमिसनबाट कमाएको देखिन्छ । बैङ्कले गत आवमा ५ अर्ब ४२ करोड खुद ब्याज आम्दानी गरेको छ । १ खर्व ७२ अर्ब निक्षेप र कर्जा प्रवाह गरेर बैङ्कले सो नाफा कमाएको हो । जुन निक्षेपमा ८ प्रतिसतको र कर्जामा भने १४ प्रतिसतले ग्रोथ गरेको छ । 

बैङ्कको निष्क्रय कर्जा अनुपात ०.१२ बाट ०.२४ पुगेको छ भने सञ्चालन खर्च पनि बढेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ बढाएर २७.०१ पु¥याएको एभरेस्टले  सञ्चालन मुनाफा ४३ प्रतिशत बढेसँगै ३ अर्ब ८९ करोड वितरण योग्य मुनाफा छ । बैङ्कले सेयर धनीहरूलाई ४१ प्रतिशत लाभांश दिने क्षमता राख्छ । 


प्रतिक्रिया दिनुहोस्