१६ श्रावण २०८३, शनिबार

विन्ध्यवासिनी हाइड्रोपावरको कारोबार आजबाट सुरु, कति पायो ओपनिङ्ग रेञ्ज ?



काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर कम्पनीको सेयर कारोबार आज कारोबारमा आएको छ । विन्ध्यवासिनीको पहिलो कारोबार ३३४ रुपैयाँबाट सुरु भएको छ । नेप्सेले यसको ओपनिङ रेञ्ज न्यूनतम १११ रुपैयाँ ३४ पैसादेखि अधिकतम ३३४ रुपैयाँ २ पैसा तोकेको थियो । सोही रेञ्जको उच्चतम विन्दुबाट विन्ध्यवासिनीको सेयर कारोबार सुरु भएको हो ।

विन्ध्यवासिनी हाइड्रोपावरको चुक्ता पुँजीका आधारमा कायम १ करोड कित्ता सेयर बुधबार सूचीकरण भएको थियो ।