अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । साधारणसभामा कम्पनीको पूँजी बृद्धिको लागि हकप्रद जारी गर्ने प्रस्तावको तयारी भएको छ ।
कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठानमा भदौ ३ गते साधारणसभा बोलाएको छ । सोहि सभामा कम्पनीले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पेश गर्ने छ ।
कम्पनीले शेयरधनीहरुलाई लाभांश भने वितरण नगर्ने भएको छ । सभामा सर्वसाधारण र संस्थापक शेयरधनीको तर्फबाट ५ जना सञ्चालकको निर्वाचन वा नियुक्त गर्ने प्रस्ताव समेत सभामा लैजाने तयारी भएको छ ।













