१७ श्रावण २०८३, आइतबार

५५ प्रतिशत लाभांश पारितका लागि एनआईसी एशिया क्यापिटलको साधारण सभा भदौ ८ गते



काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले छैठौं वार्षिक साधारण सभा भदौ ८ गते गर्ने भएको छ । सभा क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथलीमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ५५ प्रतिशत नगद लाभांश (कर सहित ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९÷८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

क्यापिटलको साउन १५ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।