७ श्रावण २०८३, बिहिबार

सिद्धार्थ बैंकको खुद नाफा ३ अर्ब २१ करोड माथि लम्कियो, अन्य सूचक समेत आकाशिदा प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणमा सबैं सूचकहरु आकाशिएको देखिएको छ ।

गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा बैंकको खुद नाफा १२.७८ प्रतिशतले बढेर ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा २ अर्ब ८५ करोड ४८ लाख २८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा बैैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आएसँगै बैंकको खुद नाफा सुधार तिर गएको हो । असार मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.७३ प्रतिशतले बढेर ७ अर्ब ३ करोड ८१ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ५१ करोड २ लाख ६ हजार रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा बैंकको संचालन नाफा १३.१६ प्रतिशतले बढेर ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ८५ करोड ४८ लाख २८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको चुक्तापूँजी १४.२५ प्रतिशतले बढेर १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ, जगेडा कोष २.०१ प्रतिशतले बढेर ७ अर्ब ७८ करोड ४२ लाख ३६ हजार रुपैयाँ, निक्षेप संकलन ५.८७ प्रतिशतले बढेर १ खर्ब ९१ अर्ब ५५ करोड ६ लाख ४३ हजार रुपैयाँ, कर्जा लगानी १२.७२ प्रशितले बढेर १ खर्ब ७८ अर्ब ७५ करोड ४३ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ ।

यसको कस्ट अफ फन्ड र खराब कर्जा दुवै बढेका छन् । सिद्धार्थको खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ९२ पैसाले बढेर २५ रुपैयाँ ७१ पैसा पुगेको छ । साथै प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्