हिमालयन बैंकको खुद नाफा खस्किदा खुद ब्याज आम्दानीमा भने छलाङ, वितरणयोग्य नाफा २२.६६ प्रतिशतले बढ्यो
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको हुदाँ नाफा १७.२२ प्रतिशतले घटेर २ अर्ब ४८ करोड २१ लाख ३६ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा २ अर्ब ९९ करोड ८६ लाख २३ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानीमा आकर्षक सुधार भएपनि संचालन नाफा खस्किदा खुद नाफामा प्रभावित भएको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ३५.२५ प्रतिशतले बढेर ५ अर्ब १५ करोड ४१ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ७८ करोड ८७ लाख १६ हजार रुपैयाँमा सिमित रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासम्ममा बैंकका संचालन नाफा ४ अर्ब ३० करोड ७८ लाख ८५ हजार रुपैयाँ रहेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा संचालन नाफा १७.८१ प्रतिशतले घटेर ४ अर्ब ३० करोड ७८ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको हो ।
असार मसान्तसम्मको अवधिमा बैंकको वितरणयोग्य नाफा २२.६६ प्रतिशतले बढेर २ अर्ब ६६ करोड १५ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब १६ करोड ९८ लाख ८४ हजार रुपैयाँमा सिमित रहेको थियो ।
समिक्षा अवधिमा बैंकको चुक्तापूँजी २१.३८ प्रतिशतले बढेर १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ, जगेडा कोष ०.६४ प्रतिशतले घटेर ६ अर्ब ४६ करोड ८७ लाख ६७ हजार रुपैयाँ, निक्षेप संकलन १९.४३ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब ४१ करोड ९४ लाख ८६ हजार रुपैयाँ, कर्जा प्रवाह १७.४१ प्रतिशतले बढेर १ खर्ब ४७ अर्ब ९९ करोड ३९ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ ।
खराब कर्जा ०.४८ प्रतिशत बाट बढेर ०.७७ प्रतिशत भएको छ । चौथो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९२ पैसाले घटेर १९ रुपैयाँ १४ पैसा भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २८ रुपैयाँ ०६ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ५ पैसा छ ।













