७ श्रावण २०८३, बिहिबार

प्राइम बैंकको खुद नाफा १२ प्रतिशतले वृद्धि हुदाँ प्रतिशेयर आम्दानी भने घट्यो



काठमाडौं । प्राइम बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा १२.६३ प्रतिशतले बढेर ३ अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षका सोहि अवधिमा बैंकको खुद नाफा ३ अर्ब २६ करोड ८४ लाख रुपैयाँमा सिमित रहेको थियो ।

चौथो त्रैमासम्ममा बैंकको संचालन नाफा र खुद ब्याज आम्दानीमा सुधार आउँदा खुद नाफामासमेत सुधार भएको देखिएको छ । यस अवधिका बैंकको खुद ब्याज आम्दानी ८.९२ प्रतिशतले घटेर ६ अर्ब ४७ करोड ९४ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ९४ करोड ८८ लाख ९० हजार रुपैयाँमा सिमित रहेको थियो ।

असार मसान्तसम्मको अवधिमा बैंकको संचालन नाफा ११.७७ प्रतिशतले बढेर ५ अर्ब २३ करोड ६९ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको संचालन नाफा ४ अर्ब ६८ करोड ५३ लाख ३३ हजार रुपैयाँमा सिमित रहेको ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ७१ करोड ९१ लाख ६१ हजार रुपैयाँ रहेको रिटेन्ड अर्निङ गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा १२.०८ प्रतिशतले घटेर २ अर्ब ३९ करोड ७ लाख ४७ हजार रुपैयाँमा सिमित भएको छ ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १६ प्रतिशतले बढेर १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ, जगेडा कोष २६.६१ प्रतिशतले बढेर ६ अर्ब ५० करोड ६९ लाख ५५ हजार रुपैयाँ, निक्षेप संकलन ३.९३ प्रतिशतले बढेर १ खर्ब ६० अर्ब २० करोड ३३ लाख ५० हजार रुपैयाँ, कर्जा प्रवाह ९.४४ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब १६ करोड ६९ लाख ५४ हजार रुपैयाँ र वितरणयोग्यता नाफा २ अर्ब ३४ करोड ६४ लाख ४ हजार रुपैयाँमा रहेको छ ।

प्रतिसेयर आम्दानी ५९ पैसाले घटेर १९ रुपैयाँ ७३ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्