७ श्रावण २०८३, बिहिबार

नेपाल एसबिआई बैंक खुद नाफा ७० प्रतिशतले वृद्धि, अधिकांश सूचक सुधार हुदाँ वितरणयोग्य नाफामा छलाङ



काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार अधिकांश सूचकमा छलाङ आएको देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा ७०.०४ प्रतिशतले बढेर १ अर्ब ६३ करोड ८२ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ९६ करोड ३४ लाख ७९ हजार रुपैयाँमा सिमित रहेको थियो ।

यस अवधिमा बैंकको संचालन नाफा र खुद ब्याज आम्दानी आकाशिएको छ । सोहि कारणले बैंकको खुद नाफामा छलाङ आएको हो । बैंकको खुद ब्याज आम्दानी ५३.७२ प्रतिशतले बढेर ४ अर्ब ४० करोड ७७ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८६ करोड ७३ लाख ३५ हजार रुपैयाँमा सिमित रहेको थियो ।

असार मसान्तसम्मको अवधिमा बैंकको संचालन नाफा ७५.०१ प्रतिशतले बढेर २ अबए ३६ करोड ५१ लाख ०८ हजार रुपैयाँ आर्जन गरको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको संचालन नाफा १ अर्ब ३५ करोड १३ लाख ८८ हजार रुपैयाँमा रहेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३२७.१२ प्रतिशतले बढेर १ अर्ब ४४ करोड ८८ लाख ५ हजार रुपैयाँ, चुक्तापूँजी ३.५० प्रतिशतले बढेर ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार रुपैयाँ, जगेडा कोष १६.३५ प्रतिशतले बढेर ५ अर्ब ८३ करोड ६९ लाख १९ हजार रुपैयाँ, निक्षेप संकलन १२.६८ प्रतिशतले बढेर १ खर्ब १९ अर्ब ७१ करोड २ लाख ५ हजार रुपैयाँ, कर्जा प्रवाह ८.५८ प्रतिशतले बढेर १ खर्ब ५ खर्ब २७ करोड २५ लाख २६ हजार रुपैयाँ र खराब कर्जा ०.०८ प्रतिशतले घटेर ०.१५ प्रतिशत पुगेको छ ।

नेपाल एसबीआईको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८६ पैसाले बढेर १६ रुपैयाँ ६७ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ३५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्