७ श्रावण २०८३, बिहिबार

जीवन विकास लघुवित्तको खुद नाफा ७८ करोड माथि उक्लियो, प्रतिशेयर आम्दानी भने ओरालो



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा १३.४० प्रतिशतले बढेर ७८ करोड ७२ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको संचालन नाफामा छलाङ आउँदा खुद नाफामा सुधार आएको हो । यस अवधिमा लघुवित्तको संचालन नाफा ११२. ९६ प्रतिशतले बढेर १ करोड ७२ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा ३८ करोड ३७ लाख ४१ हजार रुपैयाँमा सिमित रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४१ करोड ६७ लाख ११ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले गत आर्थिक वर्षको सोहि अवधिमा खुद ब्याज आम्दानी १२.५० प्रतिशतले बढेर १ अर्ब ५९ करोड ३८ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ७० प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख ० हजार रुपैयाँ, जगेडा कोष १५.३३ प्रतिशतले बढेर १ अर्ब ५४ करोड २० लाख ४५ हजार रुपैयाँ, सापटी रकम १.५ प्रतिशतले बढेर १० अर्ब ८ करोड १६ लाख ६ हजार रुपैयाँ, कर्जा प्रवाह १६.२३ प्तिशतले बढेर २३ अर्ब ७७ करोड ९३ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ ।

पुँजी वृद्धि अनुसार नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसाले घटेर ७५ रुपैयाँ ६० पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ पनि ४५ रुपैयाँ ७१ पैसाले घटेर २६९ रुपैयाँ ८१ पैसा भएको छ ।


प्रतिक्रिया दिनुहोस्