एनएमबि बैंकको खुद नाफा ३ अर्ब ७० करोड माथि, वितरणयोग्य नाफा समेत वृद्धि हुदाँ अन्य सूचक कस्तो ?
काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा ३६.५३ प्रतिशतले बढेर ३ अर्ब ७० करोड १३ लाख १७ हजार रुपैयाँ आर्जन गरकेो छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा २ अर्ब ७१ करोड १० लाख ७४ हजार रुपैयाँमा सिमित रहेको थियो ।
असार मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आउँदा खुद नाफामा छलाङ आएको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशतले बढेर ६ अर्ब ५५ करोड २२ लाख ५१ हजार रुपैयाँ आर्जृन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ६६ करोड ६ लाख ५९ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्मा ३ अर्ब ८२ करोड १० लाख १७ हजार रुपैयाँ संचालन नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा संचालन नाफा ३६.४३ प्रतिशतले बढेर ५ अर्ब २१ करोड २९ लाख ४२ हजार रुपैयाँ आर्जन थगरेको छ । बैंकले वितरणयोग्य नाफा पनि २.४७ प्रतिशतले बढाएर २ अर्ब ३९ करोड रुपैयाँ पुर्याएको छ ।
समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १२.५० प्रतिशतले बढेर १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ, जगेडा कोषको आकार १६.०६ प्रतिशत बढेर ८ अर्ब ८४ करोड रुपैयाँ, निक्षेप १२.३७ प्रतिशत र कर्जा १६.४१ प्रतिशत बढेको छ।
बैंकको प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ ३७ पैसाले बढेर २० रुपैयाँ १५ पैसा कायम भएको छ । एनएमबिको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा छ ।













