७ श्रावण २०८३, बिहिबार

इन्फिनिटी लघुवित्तको खुद नाफा १५ करोड माथि, चुक्तापूँजी ५९ प्रतिशतले बढ्यो



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा १९.१४ प्रतिशतले बढेर १५ करोड २ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १२ करोड ६० लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस लघुवित्तको खुद व्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफामा सुधार आएको हो । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.८१ प्रतिशतले बढेर ३४ करोड ५९ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७ करोड ५० लाख २ हजार रुपैयाँमा सिमित रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्मम १८ करोड ६५ लाख ४८ हजार रुपैयाँ संचालन नाफा गरेको लघुवित्तले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा संचालन नाफा १५.८४ प्रतिशतले बढेर २१ करोड ६० लाख ९७ हजार रुपैयाँ आर्जन गरकेो छ ।

यसले २ करोड २९ लाख ६५ हजार रुपैयाँ राइट ब्याक गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले १ करोड ३५ लाख ८९ हजार रुपैयाँ राइट ब्याक गरेको थियो ।

असार मसान्तसम्म आइपुग्दा लघुवित्तको चुक्तापूँजी ५९.०३ प्रतिशतले बढेर ४१ करोड ४५ लाख १३ हजार रुपैयाँ, रिजर्भ कोष ४७.९६ प्रतिशतले बढेर २४ करोड ५४ लाख ४१ हजार रुपैयाँ छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १३ पैसाले घटेर ३६ रुपैयाँ २४ पैसा छ भने प्रतिसेयर नेटवर्थ ४ रुपैयाँ ४३ पैसाले घटेर १५९ रुपैयाँ २१ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्