१७ श्रावण २०८३, आइतबार

नबिल बैंकद्धारा कनकाई नगरपालिकामा डिजीटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न



काठमाडौं । नबिल बैंकले कनकाई नगरपालिकामा डिजीटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न भएमो छ । कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । दिगो बैंकिङलाई प्रबद्र्धन गर्न गरिएको यस कार्यक्रममा बोल्दै प्रमुख अतिथी कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कृषिको बिस्तार र विकासमावित्तिय क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए । उनले नबिलले गर्दैआएको दिगो बैंकिङले युवा तथा महिलाउद्यमीहरुलाई आफ्नो व्यापार व्यवसाय प्रबद्र्धन गर्न थप हौसला दिएको बताए ।
कार्यक्रममा सम्बोधन गर्दै उपमेयर आशा शिवाकोटीले रोजगारीका अवसर सृजना गर्न साथै उद्यमशिलता प्रबर्धन गर्न वित्तिय क्षेत्रको विशेष भुमिका रहने जानकारी गराए । विशेषतःस्थानीय क्षेत्रको कृषि प्रबद्र्धन, युवा तथा महिला उद्यम शलता, डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरतामा केन्द्रित रहेको कार्यक्रममा बोल्दै नबिल बैंकका मेची क्लस्टर प्रमुख सरोज श्रेष्ठले डिजिटल बैंकिङ आजको आवश्यकता भएको र त्तच् कोडले व्यवसायमा पु¥याउने योगदानका विषयमा प्रष्ट पारे ।


नबिल बैंकका दिगो बैंकिङका प्रमुख लिला प्रसाद ओझाले नबिल दिगो बैंकिङको विभिन्न आयामहरुको बारेमा प्रस्तुति दिनुका साथै कृषिकर्जा, महिला तथा युवाउद्यमशिल कर्जाका बारेमा जानकारी दिए ।
नेपाल सरकारले अबलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धानदिवसको दिननबिलले दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल १०० शाखामाविस्तार गरेको छ । दिगो बैंकिङ अन्र्तगत किसानकर्जा रउद्यमशीलकर्जा मार्फत ५०० भन्दा बढी उद्यमीलाई ५५ करोड भन्दा बढी कर्जा प्रवाह गरेको छ ।