७ श्रावण २०८३, बिहिबार

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब २१ करोड माथि, चुक्तापूँजी झण्डै १५ अर्बमा पुग्दा अन्य सूचक कस्तो ?



काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालनमा रहेको राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको सार्वजनिक विवरण अनुसार खुद नाफा ३७.३८ प्रतिशतले बढेर ५ अर्ब २१ करोड ४२ लाख ४७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको संचालन नाफा र खुद ब्याज आम्दानी आकाशिदा खुद नाफामा छलाङ आएको देखिएको छ । सो अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.२९ प्रतिशतले बढेर ९ अर्ब ६६ करोड ९२ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा खुद ब्याज आम्दानी ८ अर्ब २४ करोड ३९ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ९ करोड ८१ लाख १ हजार रुपैयाँ संचालन नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा संचालन नाफा ३७.६७ प्रतिशतले बढेर ७ अर्ब १ करोड ८४ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३ करोड २३ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ । समिक्षा अवधिमा बैंकको चुक्तापूँजी ४६.६९ प्रतिशतले बढेर १४ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ, जगेडा कोष ३.१६ प्रतिशतले बढेर १५ अर्ब ५१ करोड ५ लाख ४५ हजार रुपैयाँ, कर्जा लगानी १.६९ प्रतिशतले घटेर २ खर्ब ५९ अर्ब ३८ करोड ३२ लाख ६७ हजार रुपैयाँ र कर्जा लगानी १९.२२ प्रतिशतले बढेर २ खर्ब १२ अर्ब ४ करोड ९५ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खराब कर्जा पनि ३.०७ प्रतिशतले घटेर २ प्रतिशतमा पुगेको छ । साथै बैंकले प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ९० पैसा रहेको छ ।

आ.व.२०७८÷७९ को चौथो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकले खुद मुनाफा, कर्जा, शेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।

बैंकको उपरोक्त सफलताको लागि उल्लेखनीय योगदान पु-याउनु हुने सम्पूर्ण निक्षेपकर्ता, कर्जा ग्राहक, शेयरधनी, नेपाल सरकार, कार्यरत कर्मचारी लगायत समग्र सरोकारवालाहरु प्रति बैंक हार्दिक धन्यवाद प्रकट गर्दै भविष्यमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिवद्धता बैंकले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्