१७ श्रावण २०८३, आइतबार

मितेरी डेभलपमेन्ट बैंकको मुनाफा १५ करोड माथि, यस्ता छन् अन्य सूचकहरु



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा ५.५१ प्रतिशतले बढेर १५ करोड ३६ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा १४ करोड ५६ लाख ४७ हजार रुपैयाँमा सिमित थियो ।

असार मसान्तसम्मको अवधिमा बैंकको संचालन नाफा र खुद ब्याज आम्दानीमा समेत सुधार आएको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.२० प्रतिशतले बढेर ३० करोड ७२ लाख ५४ हजार रुपैयाँ र संचालन नाफा ५.३१ प्रतिशतले बढेर २१ करोड ९५ लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ ।

यसअवधिमा बैंकको वितरण योग्य नाफा भने १२.६७ प्रतिशतले घटेर १० करोड ९५ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १३.३० प्रतिशतले बढेर ९० करोड ३४ लाख २८ हजार रुपैयाँ, जगेडा कोष १७.८८ प्रतिशतले बढेर २५ करोड ४३ लाख ३४ हजार रुपैयाँ, निक्षेप संकलन ११.३४ प्रतिशतले बढेर ६ अर्ब ६ करोेड ४५ लाख ९३ हजार रुपैयाँ, कर्जा लगानी ४ अर्ब ८३ करोड ७ लाख ४५ हजार रुपैयाँले बढेको छ ।
यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ २६ पैसाले घटेर १७ रुपैयाँ ०१ पैसा कायम भएको भने प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३१ पैसा छ ।