‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड ले गर्यो लाभांश घोषणा
काठमाडौं । एनएमबि म्युचुअल फण्ड बाट सञ्चालन ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल–१’ ले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । दुबै फण्डले इकाई धनीहरूलाई आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २१ दशमलव ०५२६३ को दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय भैसकेको छ । साउन ३१ गते बुक क्लोज गर्ने क्यापिटलले जनाएको छ । त्यहि बुक क्लोजको आधारमा साउन ३० गतेसम्म कायम रहने इकाई धनीहरूले मात्र प्रस्तावित प्रतिफल पाउँछन् ।












