सिभिल बैंकको मुनाफा अर्बपति क्लबमा, वितरणयोग्य नाफा १२०%ले बढ्दा अधिकांश सूचकमा छलाङ
काठमाडौं । सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंक पहिलो पटक अर्बपति क्लबमा प्रवेश गरेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा बैंकको खुद नाफा १६२.३६ प्रतिशतले बढेर १ अर्ब ३८ करोड ४६ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ५२ करोड ७७ लाख ८४ हजार रुपैयाँमा सिमित रहेको थियो ।
असार मसान्तसम्मको अवधिमा बैंकको संचालन नाफा र खुद ब्याज आम्दानीमा छलाङ आउँदा खुद नाफा आकाशिएको हो । यस अवधिमा बैंकको संचालन नाफा १३९.२५ प्रतिशतले बढेर २ अर्ब ११ करोड ३२ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको संचालन नाफा ८८ करोड ३२ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।
साथै, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ६४.३१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्मका २ अर्ब २१ करोड ६१ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद ब्याज आम्दानी ३ अर्ब ६४ करोड १५ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा बैंकको वितरणयोग्य नाफा १२०.६० प्रतिशतले बढेर १ अर्ब ६३ लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको वितरणउयोग्य नाफा ४५ करोड ६१ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा बैंकको चुक्तापूँजी ५ प्रतिशतले बढेर ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक वर्षको सो अवधिमा बैंकको चुक्तापूँजी ८ अर्ब ६४ करोड ३६ लाख ६० हजार रुपैयाँमा सिमित थियो ।
असार मसान्तसम्मको अवधिमा बैंकको जगेडा कोष २४.४५ प्रतिशतले बढेर १ अर्ब ९३ करोड ६८ लाख ८६ हजार रुपैयाँ, निक्षेप संकलन ६.३० प्तिशतले बढेर ९९ अर्ब ३ करोड ८७ लाख ४१ हजार रुपैयाँ, कर्जा लगानी ४.८८ प्रतिशतले बढेर ८९ अर्ब ९ करोड २२ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ ।
यसबाट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । खराब कर्जा अनुपात १.०८ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २६ पैसा रहेको छ । सिभिल बैंकले हिमालयन बैंकसँग एक्विजेशनमा जाने सम्झौता गरेको छ ।
असार मसान्तसम्म बैंकको निक्षेप ९४ अर्ब ४९ करोड तथा कर्जा ८३ अर्ब ४४ करोड छ । अघिल्लो वर्ष असार मसान्तमा बैंकमा निक्षेप ८८ अर्ब तथा कर्जा ७९ करोड थियो ।













