७ श्रावण २०८३, बिहिबार

बीओकेको मुनाफा १ अर्ब ८१ करोड माथि, चुक्तापूँजी साढे १० अर्ब पुग्दा प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । बैंक अफ काठमाण्डू(बीओके)ले आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा सुधार देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद नाफामा वृद्धि आइ १ अर्ब ८१ करोड रुपैयाँ आर्जन गरेको छ ।

असार मसान्तसम्ममा आइपुग्दा बैंकको वितरणयोग्य नाफा समेत १ अर्ब ३० करोड रुपैयाँ माथि उक्लिएको छ । यस अवधिमा बैंकको चुक्तापूँजी १० अर्ब ६२ करोड मागि रहेको छ । गतवर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा १ अर्ब ३० करोड गरेको उल्लेख गरेको छ । यसबाट बैंकले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने क्षमता रहेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन १ खर्ब ९ अर्ब रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको निक्षेप संकलन १ खर्ब ३ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको कर्जा लगानी ९३ अर्ब रुपैयाँ रहेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा कर्जा १ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ ।

चौथो त्रैमाससम्ममा बैंकको कर्जा निक्षेप अनुपात ८८.२५ प्रतिशत रहेको भने खराब कर्जा अनुपात १.०४ प्रतिशतले बढेर १.१८ प्रतिशत रहेको छ । साथै, बैंकको बेसरेट ९.८३ प्रतिशत, स्प्रेडदर ३.६१ प्रतिशत, पुँजीकोष अनुपात १२.९४ प्रतिशत रहेको छ ।

असार मसान्तसम्ममा आइपुग्दा बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ०४ पैसा रहेमो छ । बैंकले ग्लोबल आइएमई बैंकसँग मर्जरमा जाने सम्झौता गरेको छ ।


प्रतिक्रिया दिनुहोस्