७ श्रावण २०८३, बिहिबार

सेञ्चुरी बैंकले प्रवेश गर्यो अर्बपति क्लबमा, चुक्तापूँजी साढे ९ अर्ब माथि



काठमाडौं । सेञ्चुरी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफामा आकर्ष सुधार आएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा १ अर्ब ३५ करोड माथि गएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ६२ करोड रुपैयाँमा सिमित रहेको थियो ।

बैंकको खुद ब्याज आम्दानीमा सुधार आउँदा बैंकको मुनाफामा सुधार आएको हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासम्ममा बैंकmे २ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २० रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको चुक्तापूँजी ९ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । गतवर्षको नाफाबाट मात्र बैंकले साढे ९ प्रतिशत लाभांश दिने क्षमता रहेको छ । समिक्षा अवधिमा बैंकको निक्षेप ९८ अर्ब ९५ करोड रुपैयाँ, कर्जा ८८ अर्ब ८५ करोड रुपैयाँ, पुँजीकोष अनुपात १३.५४ प्रतिशत र खराब कर्जा १.५९ प्रतिशत रहेको छ ।

असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी १४.२१ रुपैयाँ रहेको छ । सेञ्चुरी बैंकले प्रभु बैंकसँग एक्विजेशनमा जाने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्