१७ श्रावण २०८३, आइतबार

सयपत्री हाइड्रोपावरको ६७ हजार भाग्यमानीले मात्र सेयर पाउने



काठमाडौं । सयपत्री हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँड हुने भएको छ । मंगलबार आइपीओ बाँडफाडको तयारी रहेको बिक्री प्रबन्धक एनआइबीएल क्यापीटलले जनाएको छ ।

यसमा मागभन्दा २३.७१ गुणा बढि आबेदन परेको छ । जसमा ६७ हजार ५८ जनाले मात्र सेयर पाउनेछन् र बाँकी रहेको १४ लाख ५६ हनार ६४४ जनाको हात खाली हुनेछ । त्यसैले सेयर गोलाप्रथाबाट हुनेछ ।

सयपत्रीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये ५५ अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २५ अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने व्यवस्था रहेको थियो ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । सयपत्रीले बाग्लुङ्ग जिल्लामा २।५ मेगावाटको ‘दरम खोला ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।