यी हुन् आज सर्वाधिक गुमाउने १० कम्पनी
काठमाडौं । आज सेयर बजार ओरालो लागेको छ । सोमबार १७.६७ अंकले घटेर २१०६.१६ अंकले घटेर बन्द भएको थियो भने आज ४५.४२ अंकले नेप्से घट्दा २०६०.७३ अंकमा बन्द भएको छ । । नेप्से घट्दा कारोबार रकम समेत खुम्चिएको छ ।
नेप्सेमा सुचिकृत भएको कम्पनी २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता सेयर कारोबार हुँदा २ अर्व ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको छ ।
गणपति लघुवित्त ७.२७ प्रतिशत , घलेम्दी हाइड्रोपावर ६.६८, पञ्चकन्या हाइड्रोपावर ६.४९ प्रतिशत, न्यादी हाइड्रोपावर ६.४० प्रतिशतले घटेको छ ।














