नेपाल पुनर्बीमा कम्पनीको कुल बीमा शुल्क आम्दानी ८ अर्ब ७८ करोड, खुद नाफा भने ओरालो
काठमाडौ. । नेपाल सरकारको स्वामित्वमा स्थापित नेपाल पुनर्बीमा कम्पनी लिमिटेड गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कुल बीमा शुल्क आम्दानी २८.८६ प्रतिशतले बढेर ८ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कुल बीम शुल्क आम्दानी ६ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा भने ओरालो लागेको छ । यस अवधिमा कम्पनीको खुद नाफा ३८.१७ प्रतिशतले घटेर ५७ करोड २३ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ९२ करोड ५७ लाख ९५ हजार रुपैैयाँ आर्जन गरेको हो ।
त्यस्तैm कम्पनीको खुद बीमा शुल्क समेत ३२.७९ प्रतिशतले बढेर ७ अर्ब ८६ करोड ८९ लाख ४७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क ५ अर्ब ९२ करोड ५६ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ९८ करोड ९६ लाख ६७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद दाबी भुक्तानी १०४.२९ प्रतिशतले बढेर ४ अर्ब ६ करोड ४६ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको बीमा कोष २५.१९ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ७९ लाख ६ हजार रुपैयाँ, जगेडा कोष ३३.५६ प्रतिशतले बढेर ४ अर्ब ५० करोड ९ लाख ९२ हजार रुपैयाँ, ब्यवस्थापन खर्च ८४.७३ प्रतिशतले बढेर १० करोड ४३ लाख ८५ हजार रुपैयाँ, चुक्तापूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ५१ पैसा रहेको छ ।













