७ श्रावण २०८३, बिहिबार

बैंकर संघको बैठक सकियो, भदौ महिनालाई ब्याजदर स्थिर राख्ने सहमति



काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाको लागी व्याजदर स्थिर राख्ने भएका छन् । सोमबार बिहान बसेको संघको फुल मिटिङले विगत ५ महिनायता यथावत रहेको व्याजदरलाई निरन्तरता दिने सहमती भएको सहभागी एक बैंकरले अर्थपथलाई बताए ।

हाल सर्वसाधारणले वाणिज्य बैंकहरुले निक्षेपमा ११.०३ प्रतिशत पाउँदै आएका छन् । संस्थागत निक्षेपमा भने २ प्रतिसत कम हुनेछ । अव संस्थागत निक्षेपकर्ताले ९.०३ मात्र व्याजदर पउनेछन् । यसअघि संस्थागत निक्षेपकर्ताले १०.०३ पाउँदै आएका थिए ।

बैकर्स संघकाे बैठकले व्याजदर नबढाउने सहमती भएकाे एक बैंकका सीईओले बताए । बजारमा निक्षेप निरन्तर घट्दै गएकाले मदाै महिनालाई स्थिर राख्ने सहमती भएकाे ति बैकरले बताए ।

नेपाल राष्ट्र बैंकलेसमेत व्याजदरमा स्वतन्त्र छोड्ने संकेत गरेपनि बैंकर संघले भने निक्षेप नबढाउने सहमती गरेका हुन् । नेपाल राष्ट्र बैंकले यसअघिकै सर्कुलरमा संस्थागत (बाेलकबाेल) समेत निक्षेप काे व्याजदर २ प्रतिसत घटाउन निर्देशन दिएकाे थियाे ।

बाेलकबाेलकाे निक्षेपमा बैंकहरूले थप ०.५० पैसा व्याज बढि लिन सक्नेछन् । संस्थागत निक्षेपकर्ताले बाेकबाेलबाट ९.०३ मा ०.५० प्रतिसत थप व्याजदर दिन सक्नेछन् ।

बैंक तथा वित्तीय संस्थाले भदौका लागि पनि वैशाखकै ब्याजदरलाई निरन्तरता दिएको हो । संस्थागत मुद्धती निक्षेपमा भने राष्ट्र बैंकले अघिल्लो साता सकुर्लर जारी गर्दै व्यक्तिगत मद्धतीको भन्दा २ प्रतिशत कम ब्याजदर कामय गर्न निर्देशन दिएसँगै सोही समयदेखि ९.०३ प्रतिशत ब्याजदर कायम छ । 


प्रतिक्रिया दिनुहोस्