हिम पर्वत हाईड्रोपावर र सि.बि.आई.एल क्यापिटल लिमिटेड बीच शेयर निष्काशन सम्झौता - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

हिम पर्वत हाईड्रोपावर र सि.बि.आई.एल क्यापिटल लिमिटेड बीच शेयर निष्काशन सम्झौता



काठमाडौं । हिम पर्वत हाईड्रोपावर लिमिटेड र सि.बि.आई.एल क्यापिटल लिमिटेड बिच शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ।

बुधबार काठमाडौंको त्रिपुरेश्वरस्थित एक समारोमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतामा हिम पर्वत हाईड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष श्री हिमाल गुरुङ तथा सि.बि.आई.एल क्यापिटल लिमिटेड का तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत श्री उज्ज्वल चन्दले हस्ताक्षर गरेका छन् ।

सम्झौताका आधारमा सि.बि.आई.एल क्यापिटल लिमिटेडले हिम पर्वत हाईड्रोपावर लिमिटेडको १४ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता शेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।

हिम पर्वत हाईड्रोपावर लिमिटेडले दोलखा जिल्लामा २०.०० मे.वा.को सागँु खोला जलविद्युत आयोजना र ५.५० मे.वा.को सागुँखोला—१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मे.वा.को जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्