कुमारी बैंकले समेत दियो नि:शुल्क सिआस्बा सेवा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कुमारी बैंकले समेत दियो नि:शुल्क सिआस्बा सेवा



काठमाडौं । कुमारी बैंकले निशुल्क सिआस्बा सेवा प्रदान गर्ने भएको छ । बैंकले आफ्ना गा्रहकहरुको आवश्यकतालाई मध्यनजगर गर्दै नि शुल्कलाई सिआस्वा सेवा प्रदान गर्ने भएको हो ।

बैंकले भदौ १ गतेदेखि लागू हुने गरी उक्त सेवा निर्धारण गरेको हो । यसअघि २० रुपैयाँ सिआस्वा लिँदै आइरहेको बैंकले अबदेखि भने सिआस्वा शुल्क बापत कुनै पनि शूल्क लिने छैन ।


भाद्र देखि कुमारी बैंक लिमिटेडको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुंजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क लाग्ने छैन । ग्राहकहरुको हित तथा पुंजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंक लिमिटेडले सो छुट ल्याएको हो ।
यस बाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थी लगायत कुमारी बैंक लिमिटेडका सम्पूर्ण खाताधारकहरु लाई विशेष लाभ प्राप्त हुने विश्वास गरिएको छ ।


आफ्ना देशव्यापी १९७ शाखा–संजाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिंग इकाई तथा २४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्