३१ प्रतिशत लाभांश पारितका लागि नागरिक लगानी कोषको साधारण सभा सोमबार बस्दैं
काठमाडौं । नागरिक लगानी कोषको वार्षिक साधारण सभा सोमबार (भदौ ६ गते) बस्दै छ । सभा कोषको केन्द्रीय कार्यालय, नयाँ बानेश्वरमा बस्ने गरी बोलाएको हो ।
सभाले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ३० प्रतिशत बोनस शेयर र १.५७८९ प्रतिशत नगद लाभांश –कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नछ ।
कोेषले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि साउन २५ गते बुक क्लोज गरेको हुदाँ साउन २४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।













