विशेष प्रतिशत छुटसहित भृकुटी मण्डपमा जुत्ताचप्पल मेला सुरु
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि जुत्ताचप्पल मेला सुरु भएको छ ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यसहित उक्त मेला सुरु भएको हो ।
फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा भदौ ५ गतेदेखि २० गतेसम्म मेला चल्ने मेला संयोजक सुरज बन्जाडेले बताए । बन्जाडेका अनुसार बिदेशी आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गर्न लागिएको हो ।
मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्राण्डका एक हजार मोडलका जुत्ता पाउन सकिने छ । मेला १५ दिनसम्म चल्ने छ ।
















