७ श्रावण २०८३, बिहिबार

सेन्चुरी, नबिल र नेपाल बैंकले सिडि रेशियो सिमा नाघे, ६ वटा बैंकको सिडि रेशियो बोर्डर लाइनमा



काठमाडौ । चालु आर्थिक बर्ष २०७९/८० को पहिलो महिनामा तीन वटा बाणिज्य बैंकले नेपाल राष्ट्र बैंकले तोकेका भन्दा बढी सिडि रेशियो पु¥याएका छन् । सेन्चुरी बैंक, नबिल बैंक र नेपाल बैंकले राष्ट्र बैंकले तोकेको सिडि रेशियोको सिमा नाघेका छन् ।


केन्द्रिय बैंकले चालु आव देखि सिडि रेशिया ९० प्रतिशत भन्दा कममा राख्न बाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो । तर, चालु आवको साउनमा महिनामा नै सेन्चुरी बैंकको सिडि रेशियो ९१.६३ प्रतिशत पुगेको छ । नविल बैंकको ९०.९२ प्रतिशत र नेपाल बैंकको ९०.७२ प्रतिशत पुगेको छ । केन्द्रिय बैंकले जारी गरेको एकीकृत निर्देशन २०७८ का अनुसार सिडि रेशियो तोकिए भन्दा बढी कायम गराउनेलाई कारवाही गरिनेछ ।


बैंकले जारी गरेको निर्देशन अनुसार सिडि रेशियोको दैनिक अनुगमन हुनेछ । मासिक औसत आधारमा त्यस्तो अनुपात नाघेमा सम्बन्धित सुपरिवेक्षण विभाग मार्फत हर्जाना लगाइनेछ । प्रत्येक महिनाको १ गते देखि मसान्तसम्मको प्रत्येक कार्य दिनको आधारमा मासिक औसत अनुपात निर्धारण गरिनेछ । तोकिएको सीमा नाघेको हकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९९ अनुसार हर्जाना लगाइनेछ ।


केन्द्रिय बैंकले सिडि रेशियो ९० प्रतिशत तोकेको छ । प्राइम बैंकको सिडि रेशियो पनि बोर्डरमा पुगेको छ । साउन महिनाको तथ्यांक अनुसार सो बैंकको सिडि रेशियो ८९.१७ प्रतिशत पुगेको छ ।

त्यस्तै, ग्लोबल आईएमई बैंकको ८९.९५ प्रतिशत पुगेको छ । राष्ट्रिय बाणिज्य बैंकको ८९.९३ प्रतिशत छ । बैंक अफ काठमाडौंको ८९.६६ प्रतिशत, हिमालयन बैंकको ८९.४७ प्रतिशत र कुमारी बैंकको ८९.३१ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्