७ श्रावण २०८३, बिहिबार

पुरानो लाभांश लिन हिमालयन डिष्टीलरीको शेयरधनीलाई आग्रह



काठमाडौं । हिमालयन डिष्टीलरी लिमिटेडले पुरानो नगद लाभांश लिन ग्राहक गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७२÷७३ पछि नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरूलाई उक्त रकम लिन अनुरोध गरेको हो ।

उक्त लाभांश प्राप्त गर्नेका लागि कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको काठमाडौंको नक्सालस्थित कार्यालयमा सम्पर्क राख्न सकिनेछ । साथै कम्पनीले आर्थिक वर्ष २०७०÷७१ र २०७१÷७२ वर्षको नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरूलाई ललितपुर, जावलाखेलस्थित कम्पनीको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

साथै, सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र शेयरधनीहरूले नगद लाभांश नलिएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्