यी लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन शुक्रबार ओरालो लागेको छ । शुक्रबार नेप्से १६.९३ अंकले घटेर २०२२.६२ बिन्दुमा बन्द भएको छ ।
बिहिबार नेपाल स्टक एक्सेचञ्ज (नेप्से) १८.३० अकंले घटेर २०३९.४५ बिन्दुमा बन्द भएको थियो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१३ कम्पनीको ३५ लाख ८८ हजार ८३३ कित्ता किनबेच हुँदा १ अर्ब २९ करोड , ४८लाख ३२ हजार ८२० रुपैयाँको काराबोर भएको हो ।अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्से सूचीकृत २१९ कम्पनीको ४२ लाख ३४ हजार १३७ कित्ता किनबेच हुँदा १ अर्ब ७१ करोड , ६९लाख हजार ६७० रुपैयाँको काराबोर भएको थियो ।
आज लाइफ इन्सोरेन्स कर्पोरेशन ५.९५ प्रतिशत, अपर हेवाखखोला हाइड्रोवपावर ५.३८ प्रतिशत, एनआईसी एशिय ग्रोथ फण्ड ३.९९ प्रतिशत, मल्टी प्रपोज फाइनान्स २.९८प्रतिशतले सेयर घटेको छ ।













