लगानी गर्ने होइन त ? सान्जेन जलविद्युतको आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

लगानी गर्ने होइन त ? सान्जेन जलविद्युतको आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन



काठमाडौं । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आइतबार (भदौ १९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ५ गते प्रतिकित्ता १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गरेको हो ।

उक्त आईपीओ खरीदका लागि रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर १,२,३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरूले आवेदन दिन सक्नेछन् ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म माग गर्न सकिनेछ । नागरिक लगानीकोष विक्री प्रबन्धक रहेको यो आईपीओ खरीदका लागि सन्राइज क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल, साञ्जेन जलविद्युत् कम्पनीको केन्द्रीय कार्यालयसँगै नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवाको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । यसका साथै, मेरो शेयर वेवसाइट र एप मार्फत आवेदन दिन सकिनेछ ।

जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतका संगठित संस्थाहरूले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ्ग नियमावलीमा भएको व्यवस्था बमेजिम क्रेडिट रेटिङ्ग गर्न नपर्ने गरी गरी कम्पनीलाई छुट प्राप्त भएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्