१९ श्रावण २०८३, मंगलबार

नेप्से सुधार्छु भन्ने हमाल किन नयाँ स्टकको लाइसेन्समा लागे ? ‘नेप्सेलाई सुधार्दा पैसा खान नपाइने भएपछि नयाँ लाइसेन्समा सहज’



काठमाडौं । २०७८ फागुन ५ गते धितोपत्र बोर्डका अध्यक्षको कार्यभार लिने वित्तिकै रमेश हमाल नेप्सेको कार्यालय सिंहदरबार प्लाजा पुगे । कार्यभार सम्हालेकै दिन करिब १ बजे नै हमाल हतार हतार नेपाल स्टक एक्सचेन्ज पुग्नुलाई सबैले हमालले नेप्सेमा सुधार ल्याउन लागेको भान हुन्थ्यो । 

सोही दिन ३ः३० बजे संवाददातासंगको हिमालयन होटेलमा भएको भेटमा हमालले आफूले नेप्सेमा सुधार ल्याउन लागेको बताएका थिए । ‘नेप्सेको डाटा स्टिम कमजोर रहेछ धेरै सुधार गर्नुपर्ने देखेँ’ अर्थपथसंग हमालले भनेका थिए । सुरुवातीमा नेप्से खुबै दौडेका हमाल नेप्से सुधार्न नभई नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिनको लागी रहेछ भन्ने ६ महिनामै प्रमाणित भएको छ । 

हमाललाई जसले सेवन ल्याएका थिए तिनीहरूकै सल्लाहमा नयाँ कम्पनी आउन लागेको हो । हमालले नयाँ स्टकलाई लाइसेन्स दिन प्रक्रिया अघि बढाएका छन् । सरकारले पनि नयाँ कम्पनीलाई लाइसेन्स दिँदा सम्बन्धित ग्रुपबाट ठुलो रकम चुनावी खर्च आउने छ । भोलिको दिनमा कम्पनी चलोस् नचलोस् तत्कालको नगदको लागी नयाँ लाइसेन्स प्रक्रिया अघि बढाइएको छ । 

बिहीबार लाइसेन्स बाँड्ने प्रयोजनको लागी नेपाल धितोपत्र बोर्ड बैठक धतोपत्र बजार सञ्चालन नियमावली, २०६४ संशोधन गरेको छ । यसअघि १० करोडमा नेप्से खुलेको थियो । अव ३ अर्ब चुक्ता पुँजी भएको नयाँ स्टक एक्सचेन्ज खोल्न पाउने व्यवस्थाको लागी नियमावली संशोधन गरी मन्त्रीपरिषद्मा लैजाने तयारी भएको हो । 

सानो देशमा भएको नेप्सेको काम छैन, नेप्सेका पूर्व अध्यक्ष रामजी रेग्मीले अर्थपथसंग भने । ‘आउने चुनावलाई पैसा उठाउन नेताहरूले लाइसेन्सलाई हतियार बनाए ।’ आफू २०७२/७३ मा अध्यक्ष हुँदा नेप्सको  सिडिएससी ल्याएको र नेप्सेमा धेरै सुधार ल्याएको रेग्मीले बताए ।  

किन पुँजी ३ अर्ब पु¥याइयो ? 

नेप्सेको चुक्ता पुँजी ३ अर्ब आवश्यक नरहेको सेयर बजारका विज्ञहरू बताउँछन् । अहिले पुँजी बढाउनु माडवारिको लागी ल्याएको एक विज्ञले अर्थपथसंग बताए । पुँजी ठुलो बनाउन खोज्नु र १५ प्रतिसतको थ्रेसहोल्ड राख्नु बिचौलियाको काम भएको विज्ञको आरोप छ । ‘ठुलो पुँजी राखेपछि सामान्य नागरिक आउन सक्दैन ।’

चुनावको मुखमा भएको नेप्सेलाई सुधार गर्दा पैसा खाने ठाउँ नपाएपछि नयाँ स्टक ल्याउन लागेको अर्का विज्ञको आरोप छ । 

नेप्सेले सुधार्नुपर्ने कामहरुः  

मार्जिन लेण्डिङ सञ्चालन गर्न नसक्नु । 

डेरिभेटिभ मार्केट चलाउन नसक्नु ।  

सरकारी बण्ड चलाउन नसक्नु । 

ब्रोकरको सुपर भिजन खातापाता चेक गर्न नसक्नु । 

नेप्सेलाई सुधार्ने काम नियामक निकाय धितोपत्र बोर्डको पनि हो । धितोपत्र बोर्डमा नयाँ अध्यक्ष ल्याउन लागेका स्वार्थी समूहले नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिपरेका छन् । नेप्सेमा माओवादी कोटमा सीईओ कृष्णबहादुर कार्की नियुक्त भएका छन् भने सेवनमा काँग्रेस कोटामा रमेश हमाल नियुक्त भएका थिए । अहिले मुलुकको मुख्य अर्थतन्त्रको जग सेयर बजार सुधार्नुपर्ने दुई निकायबिच समन्वय हुन सकेको छैन ।