सान्जेन जलविद्युतको आइपीओमा २ लाख कित्ता बिक्री हुन बाँकी, कति पर्यो आवेदन ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सान्जेन जलविद्युतको आइपीओमा २ लाख कित्ता बिक्री हुन बाँकी, कति पर्यो आवेदन ?



काठमाडौैं । सान्जेन जलविद्युत् कम्पनीको आईपीओमा अझै २ लाख भन्दा बढी कित्ता बेच्न बाँकी रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आइपीओमा माग बमोजिम आवेदन नपरे पछि पटक पटक समय थप गराउदैं आएको हो ।

सीडीएसका अनुसार (असोज ९ गते बिहान १० बजेसम्म १६ हजार ९८५ जना आवेदकले ३४ लाख ४४ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले भदौ ५ गते प्रतिकित्ता १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गरेको हो । कम्पनीको आईपीआमा रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर १,२,३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरूले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म माग गर्न सकिनेछ । कम्पनीको आइपीओमा असोज १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

नागरिक लगानीकोष विक्री प्रबन्धक रहेको यो आईपीओ खरीदका लागि सन्राइज क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल, साञ्जेन जलविद्युत् कम्पनीको केन्द्रीय कार्यालयसँगै नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवाको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्